पूर्वप्रधानमन्त्री चन्दको प्रश्नः रविजीले यो सबै गैरकानुनी काम गर्दा कानुनका रक्षक कहाँ थिए ?


काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले कानुनका रक्षकहरुले नैतिक जिम्मेवारी पूरा नगरको आफूलाई लागेको बताएका छन् । मंगलबार सामाजिक संजालमार्फत पूर्वप्रधानमन्त्री चन्दले अहिलेसम्म चुप बसी हेरिरहेका उनीहरुले नैतिक जिम्मेवारी पुरा नगरेको आफूलाई लागेको बताएका हुन् ।

उनले भनेका छन्, ‘श्री लामिछाने उपर एक मुद्दा थपियो भन्ने अखबार मा पढें, उहाँसँग मेरो प्रत्यक्ष भेटघाटसम्म पनि भएको छैन, तर किन हो किन मलाई एउटा कुरो सोध्ने मन लाग्यो, रविजीले यो सबै गैरकानुनी काम सांसद भएपछि वा गृहमन्त्री भएपछि मात्र त गर्न भ्याउनु भएको छैन होला, अनि ठाउँमा कानुनका रक्षक भनि बसिरहेकाहरु अहिलेसम्म किन र कहाँ सुतीराखेका थिए ? कानुनीस्थिति मलाई थाहा छैन, तर अहिलेसम्म चुप बसी हेरिरहेका उनीहरुले नैतिक जिम्मेवारी पूरा नगरेको ठहर्छ जस्तो मलाई लाग्छ।’