एउटा होइन, सबै राजनीतिक दलमाथि नैतिकताको प्रश्न


-ऋषि कट्टेल ।

भिजिट भिसा प्रकरणले संसदवादीले निकै नाटक मञ्चन गरेको देखियो । गृहअन्तरगत भएको भ्रष्टाचारको जिम्मा गृहमन्त्रीले लिनु पर्दछ र नैकिताको आधारमा राजीनामा गर्नुपर्दछ भन्दै संसदमा निकैलामो प्रहसन गरे । रवि प्रकरणमा नैतिकताको पाठ सिकाउने लेखकलाई नैकिताले छोएन र काग्रेसीहरुको शब्दकोषवाट नैतिकता हरायो ।

गुपचुप सत्तासँग सौदावाजी गरेर एउटा भ्रष्टलाई बोक्ने दाहालले नैतिकताको जिम्मेवारी लिनुपर्छकी पर्दैन ? यतिमात्र हैन कांग्रेससँग गठबन्धन गर्ने ओलीसँग प्रधानमन्त्री माग्ने, कांग्रेसीको काखमा बसेर खाने अनि जसको काखमा बस्यो त्यहीँ फोहर गर्ने र अन्त्या पार्टीलाई रछ्यानमा डुबाएर सडकमा पुर्याएर संसदीय दलको नेता भइरहने । यस्तो कुकार्यको लागि दाहालले नैतिक जिम्मेवारी लिएर कम्तिमा संसदीय दलको नेतावाट राजीनामा दिन पर्दैन ? अनि अहिले नैकिताको कुरा उठाउने माओवादीले दाहालको नैतिकता खोज्नु पर्दैन ?

संसदमा अहिले निकै जोडका साथ कांग्रेसलाई नैकिताको पाठ पढाइरहेको रास्वपा आफनो अध्यक्ष अदालतको आदेशमै भ्रष्टारचारको आरोपमा जेल गइसक्दा पनि पार्टी अध्यक्ष र संसदीय दलको नेता बनिरहनु र मानिरहनु कुन नैकिता भित्र पर्दछ ? रास्वपाले रविको नैतिकता खोज्नु पर्दैन ?

त्यसैगरी पाटी अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपाल अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेर सांसद पदसमेत निलम्वन भइसक्दा पनि पार्टी अध्यक्ष र संसदीय दलको नेता रहिरहनु कुन नैतिकता भित्र पर्दछ ? नैतिकताको निकै पाठ पढाउने खनाल, भूसालहरुको नैतिकता कहाँ हरायो ?
सारमा देउवा, ओली, दाहाल, माकुनेहरुले सत्तामा नैकिताको कुरा गर्नु र तिनका पार्टीहरुले नैतिकताको प्रश्न उठाउनु प्रहसन शिवाय केही हैन । नैतिक जिम्मेवारी नैतिकता हुनेले लिने हो । लुगा लगाउनेलाई नांगो हुँदाा लाज लाग्छ । नांगोलाई लुगा नलाउँदा के को लाज ?