पाँचथरमा हेवाखोलाको निर्माणाधीन बेलिब्रिज भाँचियो


पाँचथर । मेची राजमार्गमा पर्ने फिदिम र हिलिहाङ जोड्ने हेवाखोलामा निर्माणाधीन बेलिब्रिज शनिबार साँझ भाँचिएको छ । ७० मिटर लामो सिङ्गल स्पानको बेलिब्रिज जडान गरी वारपार गर्ने क्रममा भाँचिदा ६ जना मजदुर घाइते भएका छन् । नेपालमा नयाँ भएकाले भारतीय प्राविधिकको सहयोगमा जडान कार्य भइरहेको थियो ।

७० मिटर लामो पुललाई बीचमा कुनै सर्पोट गर्ने पिल्लर बिना निर्माण भइरहेको थियो । बेलिब्रिज भाँचिदा रूपलाल चौधरी, राजन चौधरी, राकेश चौधरी, भुलेश्वर चौधरी, प्रकाश चौधरी र अभिषेक चौधरी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको प्रहरीले जनाएको छ ।