काठमाडौं । काठमाडौंको डिल्लीबजारमा रहेको वेद इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीले विद्यार्थीहरुका लागि वेद फर यु’ कार्यक्रम सम्पन्न गरेको छ ।
कन्सल्टेन्सीले उच्च शिक्षा हासिल गर्न विदेश जान चाहनेहरूको लागि ‘वेद फर यु’ कार्यक्रम गरेको हो । केही दिनअघि भएको कार्यक्रममा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई सम्बन्धित देशका दक्ष अनुभवी काउन्सलरहरुले काउन्सिलिङ गरेका थिए । दक्ष र अनुभवी काउन्सलरबाट काउन्सिलिङ लिन पाएकोमा विद्यार्थी पनि खुसी भएका थिए । नेपाली विद्यार्थीको भविष्य सुनिश्चित गर्ने उद्देश्यका साथ आयोजना गरिएको यो कार्यक्रमबाट धेरै विद्यार्थीले लाभ लिएका छन् । ‘वेद फर यु’ कार्यक्रममा दुई सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक आशिक कार्कीले बताए । कार्यक्रममा सहभागी विद्यार्थीहरूको हात खाली नहुने गरी चलचित्रको फ्री टिकट पनि वितरण गरिएको थियो ।
कार्यक्रमलाई अझै आकर्षक बनाउन बिङ्गो गेम पनि खेलाइएको थियो । जसमा बिङ्गो हुने विजेतालाई बन्जी जम्पको फ्री टिकट उपलब्ध गराइएको थियो । अन्य विजेतालाई जिपलाईनको टिकट दिइएको थियो । ‘वेद फर यु’ कार्यक्रम आफ्ना लागि प्रभावकारी रहेको भन्दै विद्यार्थीले वेद कन्सल्टेन्सीको प्रशंसा गरेका थिए । ‘वेद फर यु’ कार्यक्रममा सहभागी विद्यार्थी जनकराज थपलियाले वेद कन्सल्टेन्सीले आयोजना गरेको कार्यक्रम अर्थपूर्ण रहेको बताए । उनले यस प्रकारको कार्यक्रमबाट विद्यार्थीले कुन देशमा के कस्तो पढाई हुन्छ र त्यहाँ किन जाने भन्ने बुझिने भएकाले पनि कार्यक्रमको सान्दर्भिकता रहेको बताए ।
‘मैले वेदबाट नै अप्लाइ गरिरहेको छु, मेरो आफन्तहरू पनि वेदबाट नै अस्ट्रेलिया जानुभएको छ, त्यही विश्वासले नै मैले पनि वेदबाट नै अस्ट्रेलियाका लागि अप्लाइ गरेको छु,’ थपलियाले भने । उनले यस कन्सल्टेन्सीलाई विश्वास गरेर अस्ट्रेलिया जानका लागि पक्रिया सुरु गरेको बताए । उनले वेद कन्सल्टेन्सीमा अनुभवी र दक्ष प्रशिक्षक रहेको भन्दै अन्य विद्यार्थीलाई पनि वेद नै रोज्न आग्रह गरे ।
‘वेद फर यु’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेपछि कन्सल्टेन्सीका प्रबन्ध निर्देशक आशिक कार्कीले पनि खुसी व्यक्त गरे । उनले विद्यार्थीको उज्ज्वल भविष्यका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई राम्रो काउन्सिलिङ गर्नु नै आफ्नो प्रमुख दायित्व भएको बताए । कन्सल्टेन्सीले यसअघि ‘मास्टर्स युके, वेद फर युके’जस्ता कार्यक्रम पनि गरिसकेको छ ।
शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का कोषाध्यक्षसमेत रहेको प्रबन्ध निर्देशक कार्कीले वेदबाट अस्ट्रेलिया, युके, अमेरिका, नेदरल्याण्डलगायतका देशमा उच्च शिक्षाका लागि विद्यार्थी जाने गरेको बताए । उनले विद्यार्थी र अभिभावकलाई सही सल्लाह दिएर विद्यार्थीको भविष्य बनाउनु नै आफ्नो प्रमुख जिम्मेवारी रहेको बताएका छन् ।
कन्सल्टेन्सीले सन् २०१० देखि विदेशमा उच्च शिक्षा आर्जन गर्न जाने विद्यार्थीहरूको लागि परामर्श दिँदै आएको छ ।


प्रतिक्रिया