स्कटल्यान्डले नेपाललाई दियो ३२४ रनको लक्ष्य


काठमाडौं । स्कटल्यान्डले नेपाललाई ३२४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर ३२३ रन बनाएको हो ।

स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले शतकीय पारी खेले। उनले ११४ बलमा ६ चौका र ४ छक्कासहित १०२ रन बनाए । त्यस्तै चार्ली टियरले ६८ र फिन्ले एमक्रिथले १७ रन बनाए।

माइकल लिस्क ९६ र मार्क वाट २१ रनमा अविजित रहे। नेपालका लागि करण केसी र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए भने ललित राजबंशीले १ विकेट लिए।