काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको तर्फबाट दिएको धेरै सुझावहरु बजेटमा समेटिएको बताएका छन् ।
बिहीबार संसद भवनमा परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले बजेटमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै महासंघले दिएका सुझावहरु बजेटमा समेटिएको बताए ।
उनले भने, ‘उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको तर्फबाट दिएको धेरै सुझावहरु बजेटमा समेटिएको छ । तर यो कार्यान्वयन भएन भने जति राम्रो भएपनि केही काम हुदैँन् । बजेटमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेर छ ।’

प्रतिक्रिया