अमेरिकाको सान डिएगोमा आवासीय क्षेत्रमा खस्यो विमान (फोटोफिचर)


काठमाडौं । अमेरिकाको सान डिएगोमा बिहीबार एउटा निजी विमान आवासीय क्षेत्रमा खसेर दुर्घटना भएको छ । विमान दुर्घटनासँगै धेरै घर र कारहरूमा आगो लागेको छ ।

कुहिरोका कारण सान डिएगोको मर्फी क्यान्यन क्षेत्रमा एउटा सानो विमान दुर्घटनाग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दुर्घटनामा करिब १५ घरमा आगो लागेको थियो । विमानमा ६ देखि आठ यात्रु सवार हुन सक्ने बताइएको छ ।