ललितपुर । ललितपुरकी शान्वि श्रेष्ठ किड्स क्यापिटल नेपाल २०२५ को जुनियर तर्फको विजेता बनेकी छन् । स्पर्श मिडिया तथा म्यानेजमेन्ट, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित कार्यक्रममा लक्षणा थापा र प्रशान्त कार्की सिनियरतर्फको विजेता बने भने आनिन लिम्बु ओभरअल विजेता बनिन् ।
यसबाहेक रिशिका लामिछाने फस्ट रनरअप, प्रिन्सेस श्रेष्ठ सेकेण्ड रनरअप, कौसतुप कोइराला थर्ड रनरअप र प्रज्वल क्षेत्री चौथो रनरअप बने । लक्षणा थापा मस्ट पपुलर बनेकी छन् । आइएमई पेले प्रायोजन गरेको पब्लिक च्वाइसमा लक्षणा थापा र प्रशान्त कार्की, लिटल स्टारमा विभूति पौडेल र आभान बराकोटी र लिटल प्रिन्सेस रिवान श्रेष्ठ बनेका छन् ।
चैत्र २३ गतेबाट शुरु भएर जेठ ३ गते सम्पन्न भएको कार्यक्रममा सहभागीहरुलाई वीरेन्द्र हमाल, विशाल श्रेष्ठ, दिक्पाल कार्की र एसराज गराच (एसराज)ले विभिन्न विधामा प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया