जनकपुरधाम । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्य जगतरैन रोहितको असामयिक निधन भएकोमा ५ लाख १६ हजार ६० रुपैयाँ राहत प्रदान गरेको छ ।
शाखा कार्यालय यदुकहाका शाखा प्रवन्धक नन्दकिशोर रामको अध्यक्षतामा भएको कार्यक्रममा विदेह नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राधेश्याम गोइतले उक्त राशिको चेक मृतकका पति गजाधर रोहिता यादवलाई हस्तान्तरण गरे ।
२०६० सालमा यसको शाखा स्थापना भएको थियो । शाखाबाट कर्जा बचत बीमा रेमिट्यान्सलगायतको वित्तीय र गैरवित्तीय सेवा दिँदै आएको प्रवन्धक नन्दकिशोर रामले बताए ।

प्रतिक्रिया