सुनको मूल्य  तोलाको एक लाख ९२ हजार २०० रुपैयाँ


 

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबार तोलामा  ६ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मूल्य  एक लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, एक तोला चाँदी एक हजार ९५५ मा बेचबिखन भइरहेको छ । बुधबार प्रतितोला सुन  एक लाख ९१ हजार ६०० र त्यति नै परिमाणको चाँदी  एक हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज एक औँस सुन  तीन हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।