बीबीसी । पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले भारतले मङ्गलबार राति थालेको क्षेप्यास्त्र हमलालाई ‘जघन्य अपराध’ भन्दै त्यसको निन्दा गरेको छ । समितले पाकिस्तानी सार्वभौमसत्तामाथि भारतले धावा बोलेको निष्कर्ष निकालेको छ ।
संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ५१ उदृत गर्दै पाकिस्तानले आफ्नो प्रतिरक्षा गर्न पाउने अधिकार आफूसँग भएको बताएको छ ।
पाकिस्तानका सैन्य बलहरूलाई भारतलाई जवाफ दिने गरी कारबाही गर्न पाउने अधिकार दिइएको उसले बताएको छ । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले समितिको बैठकको अध्यक्षता गरेका थिए ।
समितिको बैठकपछि प्रकाशित विज्ञप्तिमा पाकिस्तानले पाँचवटा भारतीय लडाकु विमान र ड्रोन खसालिएको दाबी गरेको छ । पाकिस्तानी भूमिमा आतङ्ककारीहरूका शिविरहरू भएको भारतीय आरोपको पाकिस्तानले फेरि खण्डन गरेको छ।

प्रतिक्रिया