ललितपुर । राजावादी आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र, शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का, सन्तोष राजावादी लगायतलाई रिहा गर्न माग गर्दै जारी रहेको रिले अनसनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्देशन समिति अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले ऐक्यवद्धता जनाएका छन् ।
रिले अनसनप्रति समर्थन जनाउन राप्रपा निर्देशन समितिका अध्यक्ष लोहनी सोमवार ललितपुरको जावलाखेल पुगेका हुन् ।
राजावादी, राष्ट्रवादीहरुले आयोजना गरेको रिले अनसनका सहभागीलाई लोहनीले भेटेर आस्थाका बन्दीहरुको रिहाइ गरिनुपर्ने र मानव अधिकारको सम्मान गरिनुपर्ने, मृतक दुई जनालाई सहिद घोषणा र उचित क्षतिपूर्तिको र तीनकुने घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग वन्नुपर्ने बताएको राप्रपाका नेता जनकराज पाठकले जानकारी दिए ।
रिले अनसन चौथो दिनमा प्रवेश गरेको छ । आयोजकले जनाए अनुसार, सरकारले झुटा मुद्दामा थुनामा राखेको आस्थाका बन्दी नछुटेसम्म अनसन जारी रहने छ ।



प्रतिक्रिया