काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्क्ष रविन्द्र मिश्र, प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलगायतलाई तीन दिनको म्याद थप भएको छ ।
जिल्ला अदालत काठमाडौंले बुधबार उनीहरूलाई थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
चैत १५ मा तीनकुनेमा राजावादीले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो भने विभिन्न स्थानमा आगजनी र लुटपाट गरिएको थियो ।

प्रतिक्रिया