काठमाडौं । नेपाल शिक्षक महासंघको आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुने कि नहुने कुराले परीक्षार्थी अन्यौलमा परेका छन् । १२ को परीक्षामा संलग्न नहुन महासंघले प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आह्वान गरेसँगै परीक्षार्थी अन्यौलमा परेका हुन् ।
महासंघले यो अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ ।
कक्षा १२ को परीक्षा वैशाख ११ देखि सुरु हुँदैछ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गत चैत २० देखि देशभरका शिक्षक काठमाडौं केन्द्रित अन्दोलनमा छन् ।


प्रतिक्रिया