कास्कीमा ४.३ रेक्टर स्केलको भूकम्प


गण्डकी । कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान ४ बजेर ११ मिनेटमा कास्कीको मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कास्की र आसपासका जिल्लामासमेत गरिएको थियो ।