गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु


गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लु३त ५११२ नम्बरको ट्याक्टरका सहचालक कालीगण्डकी –२ अर्बेनीका ५५ वर्षीय देवबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका विकको उपचारका क्रममा गल्याङ् नगर अस्पताल स्याङ्जामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए । दुर्घटनापछि चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।