त्रिपोली । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सोमबार लिबियाको तटबाट गत हप्ता एक हजार ३१३ आप्रवासीलाई उद्धार गरिएको जनाएको छ ।
“जनवरी १९ देखि २५ सम्म एक हजार ३१३ आप्रवासीलाई लिबिया फर्काइयो,” आईओएमले विज्ञप्तिमा उल्लेख गरेको छ ।
आप्रवासीहरूमा एक सय ६० भन्दा बढी महिला र ६० भन्दा बढी बालबालिका रहेको आईओएमले जनाएको छ ।
आईओएमले यस वर्ष अहिलेसम्म एक हजार ८०६ आप्रवासी लिबिया फर्काइएको जनाएको छ भने अन्य ३२ जनाको मध्य भूमध्यसागर जाने बाटोमा मृत्यु भएको छ ।
सन् २०११ मा दिवङ्गत नेता मुअम्मर गद्दाफीको पतनपछि लिबियाले असुरक्षा र अराजकताको सामना गरिरहेको छ । यस उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पार गरी युरोपेली किनारमा जान चाहने अनियमित आप्रवासीका लागि प्रस्थानको एक केन्द्रबिन्दु बनाएको छ ।

प्रतिक्रिया