दोलखा केन्द्रविन्दु भएर ५ दशमलव ३ म्याग्नीच्यूडको भूकम्प


काठमाडौं । कोराना कहरकाबीच मंगलबार मध्यराति भूकम्प गएको छ । दोलखाको जुगु आसपास केन्द्रविन्दु भएर मंगलबार राति ११ बजेर ५३ मिनेटमा पाँच दशमलव ३ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् । भूकम्पको धक्का काठमाडौं, दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा महसुस गरिएको छ । भूकम्पको धक्का पछि मानिसहरु घर बाहिर निस्केका थिए ।