सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा


 

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ६ सयले वृद्धि भइ  एक लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।

महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला  एक लाख ६४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने  दुई हजार ७५ रुपैयाँ निर्धारण भएको महासङ्घले जनाएको छ ।