बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई भारतमा निर्वासनमा बस्दा ‘शान्त बस्नुपर्ने’ अन्तरिम नेता मोहम्मद युनुसले बताएका छन् ।
हसिनाले १५ वर्षसम्म निरन्तररूपमा बङ्गलादेशको नेतृत्व गरेकी थिइन् । सरकारी जागिरमा आरक्षणमा व्यापक अनियमितता भएको भन्दै यसको खारेजीका लागि भनी सुरू भएको आन्दोलनका क्रममा जनसहभागिता बढ्दै गएपछि र यसको खतरा आफूमाथि देखेपछि केही आफन्तसहित ७६ वर्षीया हसिना हेलिकप्टरमार्फत् भारतको नयाँ दिल्लीमा पुगी शरण लिएकी थिइन् ।
उनी भारततर्फ गएपछि उनको राजीनामाको घोषणा बङ्गलादेशको सेना प्रमुखले गरेका थिए । नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले उनको सुपुर्दगी र हप्तौंको अशान्तिका क्रममा सयौं प्रदर्शनकारी मारिएको भन्दै उनीमाथि मुद्दा चलाउन खोजीरहेको छ ।
भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई)सँगको कुराकानीमा ८४ वर्षीय युनुसल भने, “यदि भारतले उहाँलाई बङ्गलादेशले फिर्ता नचाहेसम्म राख्न चाहन्छ भने उहाँ त्यहाँ ‘शान्त बस्नुपर्छ’ ।
उनले भने, “भारतमा बसेर उहाँ बोलिरहनुभएको छ र निर्देशन दिइरहनुभएको छ । यो हाम्रो वा भारतका लागि राम्रो होइन र कसैलाई मन पर्दैन ।”

प्रतिक्रिया