६ सयले घट्यो तोलामा सुन


काठमाडौँ । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला  एक लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार लागि  एक लाख ५२ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला  एक हजार आठ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार सात सय ९५ रुपैयाँ निर्धारण भएको छ ।