स्विडेनले उन्नत एआई केन्द्र निर्माण गर्ने


स्विडिस फर्म इकोडाटासेन्टरले युरोपको कम्प्युटिङ क्षमतालाई उल्लेखनीय रूपमा वृद्धि गर्ने लक्ष्य राख्दै स्विडेनमा उन्नत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्र निर्माण गर्न अमेरिकी क्लाउड कम्पनी कोरवेभसँग साझेदारीको घोषणा गरेको छ ।

स्विडिस डाटा सेन्टर कम्पनीको प्रेस विज्ञप्तिअनुसार एआई सेन्टर मध्य स्विडेनको फालुन सहरमा स्थापना हुनेछ ।

सन् २०२४ को वसन्तमा लन्च गरिएको ब्ल्याकवेल एआई प्लेटफर्मले एआई प्रशिक्षण कार्यसम्पादन सुधार गर्नुपर्ने र यसको पूर्ववर्तीको तुलनामा २५ गुणा बढी ऊर्जा कुशल हुनुपर्छ । यो परिष्कृत दक्षताले कम्पनी र संस्थाहरूका लागि नयाँ र थप प्रभावकारी एआई अनुप्रयोगहरूको विकासलाई सहज बनाउन सहयोग प्राप्त हुनेछ । ।

कम्पनीले फालुनमा सन् २०२५ को सुरुआतमा हजारौँ ब्ल्याकवेल जिपियुको स्थापना गर्न थाल्नेछ ।

इकोडाटासेन्टरका प्रमुख कार्यकारी अधिकृत पिटर माइकलसनले भने, “यो परियोजनाले स्विडिश र युरोपेली एआई पूर्वाधारका लागि जग बसाल्नेछ ।”