इजरायलका जासूस प्रमुखहरू आज दोहामा हुने इजरायल र हमासबीचको वार्तामा सहभागी हुने भएको छन् ।
“प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भोलि दोहामा इजरायली प्रतिनिधिमण्डल प्रस्थान गर्ने र वार्ता सञ्चालन गर्ने जनादेश स्वीकृत गर्नुभएको छ,” जारी विज्ञप्तिमा भनिएको छ ।
इजरायलको जासुसी एजेन्सी मोसादका प्रमुख डेभिड बर्निया र शिन बेट सुरक्षा सेवाका प्रमुख रोनेन उक्त टोलीमा रहेको नेतान्याहुका प्रवक्ता ओमेर दोस्तीले बताए ।
प्यालेस्टिनी लडाकू समूह हमासले दोहामा वार्ताकारहरू पठाउने कि नगर्ने बताएको छैन ।
हमासका एक अधिकारीले आफ्नो नाम न छाप्ने सर्तमा एएफपीलाई भने, “मध्यस्थ कर्ताहरूसँगको वार्ता जारी छ ।”

प्रतिक्रिया