काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय पुगेको छ ।
यही साउन २ गते सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँ बराबर पुगेको थियो । यस आधारमा साउन २ गतेको तुलनामा शुक्रबार एक सय रुपैयाँले वृद्धि भएको हो । बिहीबार भने प्रतितोला एक लाख ४९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ९५ निर्धारण भएको छ ।

प्रतिक्रिया