सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि


 

काठमाडौँ ।  सोमबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला  एक लाख ४५ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबारका लागि  एक लाख ४६ हजार एक सय निर्धारण भएको छ ।

आइतबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४५ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार सात सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार  एक हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ ।