भारतलाई आठ विकेटले हराउँदै श्रीलंकालाई पहिलोपटक एसिया कपको उपाधि


काठमाडौं । भारतलाई आठ विकेटले हराउँदै श्रीलंकाले पहिलोपटक एसीसी एसिया कप महिला टी२० को उपाधि जितेको छ । श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा आइतबार भएको फाइनल खेलमा श्रीलंका आठ विकेटले विजयी भएको हो ।

भारतले दिलाएको १६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंका छैटौं प्रयासमा उपाधि जित्ने सफल भएको हो। यसअघिका पाँच फाइनलमा श्रीलंका भारतसँगै पराजित भएको थियो ।

श्रीलंकका लागि हर्षिता समराविक्रमाले ५१ बलमा ६ चौका र दुई छक्काको मद्दतले अविजित ६९ रनको योगदान गरिन्। यसैगरी कप्तान चमारी अथापथुले ४३ बलमा नौ चौका र दुई छक्काको मद्दतले ६१ र काविशा दिलहरीले अविजित ३० रन बनाए । हर्षिताले दोस्रो विकेटका लागि अथापथुसँग ८७ र तेस्रो विकेटका लागि दिलहरीसँग अविजित ७३ रनको साझेदारी गरिन्।

भारतका लागि एक मात्र विकेट दिप्ती शर्माले लिइन् । त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । भारतका लागि स्मृति मन्धनाले ४७ बलमा १० चौकाको मद्दले सर्वाधिक ६० रन बनाइन्।

यसैगरी ऋचा घोषले ३०, जेमिमाह रोड्रिगेजले २९, सफाली वर्माले १६ र कप्तान हरमनप्रित कौरले ११ रन बनाए । श्रीलंकका लागि काविशा दिलहरीले दुई तथा उदेशिका प्रबोधनी, सचिनी निसन्सला र चमारी अथापथुले समान एक विकेट लिए।