इथियोपियामा पहिरोमा परी मृत्यु हुनेको संख्या २२९ पुग्यो


बीबीसी । । इथियोपियाको दक्षिणी क्षेत्रमा पहिरोमा परी मृत्यु हुनेको संख्या २२९ पुगेको छ । दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा स्थानीय समयानुसार सोमबार बिहान करिब १० बजे पहिरो गएको थियो ।

पहिरोमा परी मृत्यु हुनेमा १४८ पुरुष र ८१ महिला रहेको गोफा क्षेत्र सरकारी सञ्चार मामिला विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इथियोपियामा जुलाईमा सुरु भएको र सेप्टेम्बरको मध्यसम्म रहने अपेक्षा गरिएको वर्षाको मौसममा घातक पहिरो गएको हो । पूर्वी अफ्रिकी देशका केही भागमा मौसमी वर्षाले कहिलेकाहीँ घातक पहिरो निम्त्याउँछ ।