एथेन्स विमानस्थलमा विमानको आपतकालीन अवतरण, सबै यात्रु र चालक दल सकुशल


एथेन्स अन्तर्राष्ट्रिय विमानस्थल (एआईए)मा दुईसय ३३ जना सवार विमानले आपतकालीन अवतरण गरेको छ । स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार विमानमा सवार सबै यात्रु र चालक दल सकुशल छन् ।

विमान लण्डनबाट ग्रीसको क्रेट टापुको चानिया विमानस्थलका लागि प्रस्थान गरेको थियो । विमानमा हाइड्रोलिक प्रणालीमा समस्या देखिएपछि आपतकालीन अवतरण गरिएको जनाइको छ ।

यो घटना शुक्रबार विश्वव्यापीरुपमा सूचना प्रणालीमा देखिएको घटनासँग भने सम्बन्धित नभएको जनाइएको छ । स्थानीय अधिकारीहरूले प्राविधिक समस्याका कारण एआईएले सानातिना समस्याको सामना गर्नुपरेको बताएका छन् ।