नेप्सेमा उछाल, १५ अर्ब भन्दाबढीको कारोबार


काठमाडौं । साताको पहिलो आइतबार शेयर बजार नेप्सेमा उछाल आएको छ । आइतबार नेप्से ६१.६१ अंकले बढेर कारोबार १५ अर्ब बढीको भएसँगै नेप्सेमा उछाल आएको हो ।

आइतबार नेप्से २.५४ प्रतिशतले बढेर २४८८५.९४ विन्लुमा पुगेको छ । आज नेप्सेमा उछाल आउँदा वाणिज्य बैंक, होटल एण्ड टुरिजम र ट्रेडिङ समूहमा उछाल आएको छ । आज वाणिज्य बैंक समूहको शेयर ३.८६ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको शेयर ६.८० प्रतिशतले बढेको छ ।

होटल एण्ड टुरिजमको शेयर ४.२१ प्रतिशतले बढेको छ । त्यस्तै इन्भेष्मेन्ट समूहको शेयर २.६८ प्रतिशतले, उत्पादन समूहको २.९७ प्रतिशत र अन्य समूहको ३.३८ प्रतिशतले शेयर बढेको छ । आज १३ वटा समूहमध्ये सबै समूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

आज नेप्से ६१ अंकले बढ्दा १८१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

३१५ वटा कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर कारोबार हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँ शेयर किनबेच भएको छ ।

नेप्सेमा बुल ड्रेन्ड आएसँगै आइतबार ९ वटा कम्पनीको शेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीले बढेको छ । ४ वटा कम्पनीको शेयर मूल्यमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । एउटा कम्पनीको शेयर मूल्यमा भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।