भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ ।
लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टोलीले तीन लाख ११ हजार एक सय ११ र उपविजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरिने छ ।

प्रतिक्रिया