पदभार ग्रहण गर्न पुग्दा प्रधानमन्त्री ओलीलाई सिंहदरबारमा यसरी गरियो स्वागत (फोटोफिचर)


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदभार ग्रहण गरेका छन् । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्रीले पदभार ग्रहण गरेका हुन् ।

नवनियुक्त प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री कार्यालयमा भव्य स्वागत गरिएको छ । तीन वर्षअघि प्रधानमन्त्रीबाट हट्नुपर्दा ओलीले आफू फेरि शानदार रूपमा सिंहदरबार आउने उद्घोष गरेका थिए ।

त्यसको तीन वर्षपछि कांग्रेससहितको समर्थनमा ओली प्रधानमन्त्री बनेर सिंहदरबार प्रवेश गरेका छन् ।