नेपाली फुटबल टोली स्वदेश फिर्ता


काठमाडौं । फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको खेलको लागि साउदी अरब गएको नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ । फुटबल टोलीलाई एन्फाका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

टोलीका कप्तान एवम गोलरक्षक किरणकुमार चेम्जोङले खेलमा आफ्नो टोलीले अधिकतम प्रयास गरेको प्रतिक्रिया दिए । नेपाली टोली जेठ २० गते आइतबार साउदी अरब गएको थियो ।

साउदीमा नेपालले फिफा विश्वकप २०२६ र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणमा युएई र यमनविरुद्धको अन्तिम दुई खेल खेलेका थिए । अघिल्ला पाँच खेलमा जित र नेपालले हिजो अन्तिम खेलमा यमनसँग बाबरी खेलेको थियो ।