जम्मु काश्मिरको रियासीमा तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा ९ जनाको मृत्यु, ३३ घाइते


भारतको जम्मु काश्मिरको रियासी शिवखोरी जान तीर्थयात्री चढेको बसमा आइतबार भएको ‘आतङ्कवादी आक्रमण’मा परी नौ जनाको मृत्यु हुनुका साथै अन्य ३३ जना घाइते भएका छन् ।

बस दुर्घटनाबारे एएनआईसँग कुरा गर्दै वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रियासी मोहिता शर्माले भने, “यो निकै दुर्भाग्यपूर्ण घटना हो । सुरुमा हामीले प्राप्त गरेको जानकारीअनुसार यात्रुबाहक बसमा बसमा आतङ्कवादीले गोली चलाएको थियो । आतङ्ककारीले गोली चलाएपछि बस चालकले नियन्त्रण गुमाएको र बस खाल्डोमा खसेको थियो ।
उनले नौ जनाको मृत्यु भएको र ३३ जना घाइते भएका बताए ।

उनीहरूलाई तत्कालै नरैनापुर र रियासी जिल्ला अस्पतालमा रेफर गरिएको थियो । “ती यात्रु स्थानीय थिएनन् । उनीहरुको पहिचान खुल्न सकेको छैन तर प्रारम्भिक रिपोर्टअनुसार उनीहरु उत्तर प्रदेशका हुन्,” शर्माले भने ।