काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणको छानबिन गर्न बनेको समितिको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा अध्यक्ष केसीले छानबिन समितिमा सत्तामा बसेका मान्छेहरु रहेकाले समितिले निकाल्ने प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका हुन् ।
उनले सहकारी क्षेत्रमा सत्तामा रहेका मान्छेहरुले नै बदमासी गरेकाले यस अघिका बिभिन्न समितिका प्रतिवेदन कार्यान्वयन हुन नसकेको आरोप लगाए । अहिलेको समिति टालटुल गर्ने र दोषीलाई जोगाउने माध्यम बन्न सक्ने उनको भनाइ छ ।
उनले सहकारीका बदमासी गर्नेबिरुद्ध संगठित भएर आवाज उठाउनुपर्ने धारणा राखे ।

प्रतिक्रिया