टी–ट्वान्टी विश्वकपमा नेपाललाई पहिले ब्याटिङको निम्तो


काठमाडौं । टी–ट्वान्टी विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्डस्विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेदरल्याण्डस्का कप्तानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् । वर्षाले मैदान भिजेका कारण टस हुन ढिला भएको हो । खेल आधा घण्टा धकेलिएको छ । खेल अहिले ९ ः ४५ बजे सुरु हुने छ ।