अनि अक्रोश हुँदै ओलीले भने-बालेनलाई सोध्नु


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी–स्टेटमा भएको भनिएको अनियमितताकाबारेमा काठमाडौंका मेयर बालेन साहलाई सोध्न आग्रह गरेका छन् ।

सोमबार संसद भवन परिसरमा पत्रहरुको प्रश्नमा संक्षिप्त जवाफ दिँदै यसबारेमा बालेन सोध्न आग्रह गरेका छन् । पत्रकारहरुको प्रश्नको आक्रोशितरुपमा जवाफ दिँदै ओलीले भने, ‘बालेनलाई सोध्नु ।’

मेयर साहले सोमबार सामाजिक संजालमार्फ एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टिस्टेटको १० हजार करोडको काण्ड लुकाउन र जनता झुक्काउनु लागेको आरोप लगाएका थिए ।

मेयर साहले भनेका छन्, ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनु होला माननीय केपी ओलीज्यू । झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरिबन्धुकै जग्गा दिलाउँछौं’ भनेर थम्थमाउनु भएछ । गिरिबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।

एमाले अध्यक्ष ओली १० हजार करोडको काण्ड लुकाउन र अर्को काण्ड गरेर जनता झुक्याउन लागेको बालेनको आरोप