चीनमा कोइला खानीमा फसेका आठ मजदुर खोज्न दुईसय भन्दाबढी उद्धारकर्ता परिचालन


पूर्वी चीनको शानडोङ प्रान्तमा रहेको बाढीले बगाएको कोइला खानीमा बेपत्ता रहेका आठ जनालाई खोज्न दुई सयभन्दा बढी उद्धारकर्ता परिचालन भएका छन् ।

कोइला खानीमा शनिबार साँझ ५ बजेतिर बाढी आएको थियो । ताइआन सहरको निङयाङ काउन्टीको ह्वाफेङ कोइला खानीमा भूमिगत काम गरिरहेका १० मध्ये दुई जना भाग्न सफल भएका छन् भने आठ जना फसेका छन् ।

उद्धारकर्मीहरूले स्पष्ट उद्धार च्यानल सिर्जना गर्न पानी निकालिरहेका छन् । यो सोमबार बिहानसम्म खुल्ने अपेक्षा गरिएको उद्धारकर्ताहरूले बताएा छन् ।