बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण


बङ्गलादेशले ६ महिनादेखि पाँच वर्षसम्मका करिब दुई करोड २० लाख बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण गर्ने देशव्यापी अभियान सुरु गरेको छ ।

अभियानका लागि देशभरका एक लाख २० हजार स्थायी र अस्थायी केन्द्रमा दुई लाख ४० हजार स्वयंसेवक र ४० हजार स्वास्थ्यकर्मी खटाइएको छ ।

भिटामिन ‘ए प्लस’ क्याप्सुल खानका लागि शनिबार बिहानैदेखि अभिभावकहरू आफ्ना बालबालिकालाई ढाका र देशका अन्य ठाउँमा तोकिएका केन्द्रमा पुगेका थिए ।

स्वास्थ्य सेवा महानिर्देशनालयका प्रमुख अबुल बशर मोहम्मद खुर्शीद आलमले भने, “यसअघि यस्तो अभियानले रतन्धो र दादुरा, झाडापखालाजस्ता रोगबाट बालबालिकामा हुने जोखिम न्यूनीकरणमा सरकारको प्रयासमा योगदान पुर्याएको थियो ।”