साउदी अरेबियाले सन् २०२७ मा ११ औँ विश्व पानी फोरमको आयोजना गर्ने


 

इन्डोनेसियाको बालीमा भएको १०औँ विश्व पानी मञ्चको समापन समारोहमा साउदी अरेबियालाई सन् २०२७ मा हुने ११औँ विश्व पानी मञ्चको आयोजक राष्ट्रको रूपमा औपचारिकरूपमा नियुक्त गरिएको छ ।

इन्डोनेसियाको अध्यक्षतामा १०औँ विश्व पानी फोरमले तीन प्राथमिकताहरू हाइलाइट गर्ने मन्त्रिस्तरीय घोषणालाई स्वीकार गरेको छ ।

पहिलो प्राथमिकतमा क्षमता निर्माण, ज्ञान साझा र राम्रो सुविधाको उपयोग गर्न जल सुरक्षा र जलवायु प्रतिरोधिताका लागि उत्कृष्ट केन्द्रको स्थापना रहेको छ ।

दोस्रो प्राथमिकतामा साना टापुहरूमा एकीकृत जलस्रोत व्यवस्थापनको मुद्दा उठाउने र प्रवर्द्धन गर्ने तथा तेस्रो प्राथमिकतामा विश्व ताल दिवसको स्मरणार्थ प्रस्ताव रहेको छ ।

एक सय छ देश र २७ अन्तर्राष्ट्रिय संस्थाको सहभागिता रहेको मन्त्रिस्तरीय बैठकको समापनमा उक्त घोषणा गरिएको हो ।
सन् १९९७ देखि हरेक तीन वर्षमा ग्लोबल वाटर एन्ड सेनिटेसन कम्युनिटी फोरम आयोजना हुँदै आएको छ ।