काठमाडौं । अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बुधबार लामिछानेले सामाजिक संजालमार्फत दूतावासले आफूलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका हुन् ।
सन्दीप टी–२० विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जान लागेका थिए । सन् २०१९ मा पनि भिसा नपाएका सन्दीप पछि भने भिसा पाएर खेल्न गएका थिए। यसअघि पटक पटक अमेरिका गइसकेका सन्दीपविरुद्ध अदालतमा मुद्दा परेपछि विगतको भिसा रद्द गरिएको जानकारी पनि ढिला गरी पाएका थिए ।
बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट उनले जेठ २ गते सफाइ पाएका थिए । नेपालले जुन ४ मा नेदरल्याण्ड्सँग खेल्दै विश्वकपको शुरूवात गर्नेछ।

प्रतिक्रिया