स्लोभाक प्रधानमन्त्री रोबर्ट फिकोको अवस्था स्थिर तर अहिले पनि ‘अत्यन्त चिन्ताजनक’ रहेको उनका उपप्रमुखले बताएका छन् । अधिकारीहरूले फिकोको जीवन बचाउने प्रयास गरेको एक दिनपछि शान्त रहन र युरोपेली सङ्घ (इयु) को निर्वाचन अभियान निलम्बन गर्न आग्रह गरेका छन् ।
सरकारले ‘राजनीतिक हमला’ नाम दिएको गोलीबारीले युरोपेली संसद् निर्वाचनको केही साताअघि बढ्दो ध्रुवीकरण वा त्योभन्दा धेरै हिंसाको आशङ्का उत्पन्न गरेको छ । स्लोभाकियाको राजनीति वर्षौंदेखि युरोप समर्थक र राष्ट्रवादी झुकाव खेमाबीच विभाजित छ । पछिल्लो निर्वाचन गलत सूचना, आपसी आरोप र सामजिक सञ्जालमा आक्रमणबाट प्रभावित भएको छ ।

प्रतिक्रिया