जिबी राईलाई प्रधानमन्त्रीले भगाएको हो भने गृहमन्त्रीले प्रधानमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी गरुन्ः ज्ञानेन्द्र शाही


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशको प्रधानमन्त्रीले नै जिबी राईलाई भगाएको हो भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएको छ ।

आइतबार सदनको गतिरोध हटाउने विषयमा सभामुखले आयोजना गरेको छलफलमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यदि प्रधानमन्त्रीले नै जिबी राईलाई भगाएको हो भने राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘देशको बहालवाला गृहमन्त्री रवि लामिछानेले अघिल्लो सरकारले नै जिबी राईलाई भगाएको भन्नु भएको छ । यदि हो भने अपराधी भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ । यदि प्रधानमन्त्री नै भगाएको हो भने गृहमन्त्रीले प्रधानमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी गरूँन ।’

उनले गृहमन्त्रीले दिएको अभिव्यक्तिमाथि सदनमा गृहमन्त्रीले नै जवाफ दिनुपर्ने उनले बताए । शनिबार चितवनमा गृहमन्त्री लामिछानेले अघिल्लो सरकारले जिबी राईलाई भगाएकाले खोज्न समस्या भइरहेको बताएका थिए ।