राष्ट्रपति पौडेलका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालद्वारा राजीनामा


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गरी नेपालको राजीनामा स्वीकृत भएको जानकारी गराएको छ।

सरकारले गरेको एकसय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा नेपालले असन्तुष्टि जाहेर गरेका थिए । उक्त विषय विवादमा परेपछि उनलाई राष्ट्रपति पौडेलले पनि सोधपुछ गरेका थिए। आफ्नो अभिव्यक्ति विवादमा परेपछि नेपालले राजीनामा दिएका थिए ।