अष्ट्रेलियाका प्रधानमन्त्रीले अष्ट्रेलियामा पुगेर आफ्नो खाने बस्ने व्यबस्था आफैं मिलाउन नसक्नेहरुलाई स्वदेश फर्किन अनुरोध गरिसकेका छन् भने पछिल्लो समय अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरुका लागि नेपाल सरकार र अष्ट्रेलियास्थित नेपाली दूतावासले पनि कुनै राहतको व्यबस्था मिलाउने अवस्था छैन । नेपाल सरकारले नेपालबाट अविभावकहरुले अष्ट्रेलियामा रहेका विद्यार्थीहरुलाई पैसा पठाउन सक्ने व्यबस्था मिलाएको बताएपनि यसको कार्यान्वयनमा समस्या देखिएको छ ।
यस्तो विषम् परिस्थितिमा संकटमा परेका विद्यार्थीहरुलाई ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजले आर्थिक सहयोग गरिरहेको छ । अहिले सुरुको अबस्थामा एक सय वीस जनालाई पन्ध्र दिनको घरभाडा बराबरको रकम प्रदान गरिएको ग्रेस इन्टरनेशनल मेलबोन एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजका डाइरेक्टर दीपक आचार्यले जानकारी दिएका छन् ।
पछिल्लो समय अष्ट्रेलिया पुगेका नयाँ विद्यार्थीहरुको संख्या एक सय पचास जना भन्दा धेरै भयपनि उनीहरुको ठेगाना थाहा नभएको र फोन नम्बर पनि नभएका कारण फेसबुकमार्फत प्रचार गरेर सम्पर्क हुन सकेजतिलाई अहिले पहिलो किस्ताको सहयोग गरिएको र अन्यलाई पनि सम्पर्क गर्ने कोशिस भइरहेको आचार्यले बताए ।
उनका अनुसार यो विपद्को घडीमा अष्ट्रेलियास्थित आर्थिक समस्यामा परेका विद्यार्थीहरुलाई आगामी दिनहरुमा सहयोग पुर्याउनका लागी ग्रेस इन्टरनेशनल मेलबोन एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजले सहयोग कोष खडा गरेर अगाडि बढ्ने भएको छ । यदि कसैलाई समस्या परेको खण्डमा र कसैलाई सहयोग गर्ने ईच्छा भएमा फोन नं 403 594 230 मा सम्पर्क गर्नका लागी पनि आचार्यले अनुरोध गरेका छन् ।

प्रतिक्रिया