तोलामा सात सय रुपैयाँले बढ्यो सुनको मूल्य


 

 

काठमाडौँ । सुनको मूल्य सोमबार प्रतितोला  सात सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला  सात सयले वृद्धि भई  एक लाख ३७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । शुक्रबारको तुलनामा आइतबार  दुई हजार दुई सयले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो ।

यस्तै, तेजाबी सुन आज प्रतितोला  एक लाख ३६ हजार आठ सय ५० रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला  १५ रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला  एक हजार सात सय कारोबार भएको चाँदीको मूल्य सोमबार एक हजार सात सय १५ निर्धारण भएको छ ।