बाढीग्रस्त रूसी सहरमा नागरिकलाई सुरक्षितस्थलमा स्थानान्तरण गर्न निर्देशन


 

रूसको ओरेनबर्ग शहरमा आएको ‘घातक’ बाढीपछि युराल नदीमा पानीको बहाव बढ्दै जाँदा ’ठूलो सङ्ख्यामा मानिसहरूलाई अन्यत्र स्थानान्तरण’ गर्न बाध्य पारिएको रूसी मेयरले बताएका छन् ।

तीव्र गतिमा बढिरहेको तापक्रमले हिउँ र बरफ पग्लेको छ र भारी वर्षाका कारण रूस र कजाकिस्तान पार गर्ने थुप्रै प्रमुख नदीहरू उर्लेका छन् ।

“शहरमा साइरन बजिरहेको छ,” ओरेनबर्गका मेयर सर्गेई साल्मिनले भने,“यो कुनै कसरत होइन ।”

उनले भने, “सामूहिक उद्धार कार्य जारी छ । अवस्था ज्यादै दयनीय छ, समय खेर नफाल्नुहोस् । शहरका धेरै जिल्लाका मानिसहरूलाई खाली गर्न आह्वान गर्दछु ।”

युराल नदीमा आस्र्कको अधिकांश भागमा बाढी आएको छ र क्षेत्रीय राजधानी ओरेनबर्गले नदीमा बढ्दो पानीको वहावको लागि तयारी गरिरहेको छ । यस सहरको जनसङ्ख्या लगभग पाँच लाख ५० हजार रहेको छ ।

“पछिल्लो १० घण्टामा युराल नदीमा पानीको सतह ४० सेन्टिमिटर (१५.७ इन्च) ले बढेको छ,” साल्मिनले भने ।

अधिकारीहरूले ओरेनबर्गका करिब दुई हजार ५०० घरहरू पानी र लगभग पाँच हजार प्रभावित व्यक्तिहरूलाई बताएका छन्।