सुनको मूल्य तोलाको एक लाख ३६ हजार दुई सय पुग्यो


काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ ।

आइतबार प्रतितोला  एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने  एक लाख ३६ हजार दुई सय कायम भएको छ ।

तेजाबी सुन तोलामा  एक लाख ३५ हजार पाँच सय ५० तय भएको छ । आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा एक हजार छ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार ६ सय ८५ रुपैयाँ निर्धारण भएको छ ।