पाकिस्तानमा रहेका अफगान आप्रवासीमाथि संयमता देखाउन अफगानिस्तानको आग्रह


तालिबान अधिकारीहरूले अफगानिस्तानका आप्रवासीलाई स्वदेश फर्काउने विषयमा एकतर्फी निर्णय नगर्न पाकिस्तानलाई आग्रह गरेको छ ।

आप्रवासीलाई जबरजस्त देश छोड्न बाध्य पारिनु उनीहरूमाथिको ‘उत्पीडन’ हुने अफगानिस्तानी अधिकारीले बताएका छन् । इस्लामाबाद र काबुलबीच सम्बन्ध बिग्रँदै गएपछि गत वर्ष पाकिस्तान सरकारले कागजातविहीन आप्रवासीलाई देश छोड्न वा पक्राउ गर्न आदेश दिएको थियो ।

त्यसपछि पाँच लाखभन्दा बढी अफगानीहरू छोटो समयमा पाकिस्तान छोड्न बाध्य भएका छन् । इस्लामाबादले शुरुमा नोभेम्बर २०२३ को समयसीमा तोकेको थियो । तर पाकिस्तानले अफगानिस्तानमा कानुनी रूपमा बसोबास गरिरहेका अफगान आप्रवासीहरूको तथ्याङ्क सङ्कलन गरिरहेको छ ।

पाकिस्तानी अधिकारीका अनुसार स्वदेश पाकिस्तानमा रहेका अफगानी आप्रबासी फर्काउनेबारे अन्तिम निर्णय भएको छैन । यस सन्दर्भमा अफगानिस्तानका शरणार्थी उपमन्त्रीले काबुलमा एक शीर्ष पाकिस्तानी कूटनीतिज्ञसँगको भेटमा संयमित हुन आग्रह गरेका छन् ।