आरिफको अर्धशतकमा नेपालले आयरल्यान्डलाई दियो २१४ रनको लक्ष्य


काठमाडौँ । नेपाल ए ले टी २० सिरिजको अन्तिम खेलमा आयरल्यान्ड ए लाई २१४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनायो ।

नेपालका लागि आरिफ शेखले ९३ रनको अर्धशतकिय पारी खेले। आरिफ ४८ बलमा ७ चौका र ६ छक्काको सहयोगमा ९३ रनमा अविजित रहे । राशिद खान २४, बसिर अहमद १९, पवन सर्राफ १३ र विनोद भण्डारी ११ रनमा आउट हुँदा कमलसिंह ऐरी १९ रनमा अविजित रहे ।

आयरल्यान्डका फिओन ह्यान्डले सर्वाधिक ३ विकेट लिए । लियाम म्याकार्थी र ग्यारेथ डेलानी, म्याथ्यू फोस्टर र गेभिन होईले १/१ विकेट लिए।