रूसको भुक्तानीलाई लिएर चिनियाँ बैँकहरूमा पश्चिमी दबाबको क्रेमलिनद्वारा निन्दा


क्रेमलिनले सीमापार लेनदेनमा केही समस्या रहेको स्वीकार गर्दै रुसबाट भुक्तानी स्वीकार गर्ने चिनियाँ बैँकहरूमा ‘अभूतपूर्व दबाब’ सिर्जना गरेकोमा पश्चिमको आलोचना गरेको छ ।

रूसी वित्तीय स्रोतहरूलाई उदृत गर्दै क्रेमलिन समर्थक इज्भेस्टिया पत्रिकाले चिनियाँ ऋणदाताहरूले रूसी कम्पनीहरूबाट चिनियाँ युआनमा भुक्तानी अस्वीकर गरेको रिपोर्ट गरेको छ । चीनमाथि अमेरिका र युरोपेली सङ्घको अभूतपूर्व दबाब जारी रहेको र यसले निश्चित समस्याहरू सिर्जना गर्न सक्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले बताए ।

वासिङ्टन र ब्रसेल्सका अधिकारीहरूले तेस्रो मुलुकका कम्पनी र बैंकहरूलाई निशाना बनाएका छन् । उनीहरूका अनुसार ती कम्पनी र बैंकले व्यापार भुक्तानी कार्यान्वयन गरेर रुसलाई पश्चिमी प्रतिबन्धहरूबाट बच्न सहयोग गरिरहेका छन् ।

इज्भस्टियाको रिपोर्टअनुसार चिनियाँ ऋणदाता पिङ एन बैँक र बैँक अफ निङ्बोले रुस र अन्य साना बैँकहरूबाट चिनियाँ युआनमा भुक्तानी स्वीकार गर्न बन्द गरेका छन् ।